आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको जनाएको छ । राष्ट्र बैंकले रु.१० दरको साविककै आकार तथा रङ्गमा सङ्केत नं. ३२०००००१ ९९९९९९ सम्म, “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट...