प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक संसदमा पेस
काठमाण्डौं । सरकारले निर्वाचनसम्बन्धी कानूनी ढाँचा परिमार्जन गर्ने उद्देश्यसहित ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा दर्ता तथा पेस गरेको छ।बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक औपचारिक रूपमा पेस गरेकी हुन्।

