चितवनमा रास्वपा महाधिवेशनमा निर्वाचन प्रक्रिया तीव्र, ९९ केन्द्रीय सदस्यका लागि ४०० उम्मेदवार मैदानमा
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत चितवनको भरतपुरमा केन्द्रीय समिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।९९ जना केन्द्रीय सदस्य पदका लागि करिब ४०० उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

