अघिल्लो दिनको उच्च वृद्धिपछि सुनको मूल्य घट्यो, चाँदी पनि सस्तो
काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सोमबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आइतबार उल्लेख्य रूपमा बढेको सुनको भाउ सोमबार भने ओरालो लाग्दै प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको हो।

