नागरिकता र लालपुर्जाको माग गर्दै सुस्तावासी काठमाण्डौमा
काठमाण्डौ । सीमा क्षेत्रमा देखिएका समस्याबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पछिल्लो अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट थप दबाब र असहजता बढेको भन्दै सुस्तावासी काठमाडौँ आएका छन्। उनीहरूले नेपाली नागरिकता र जग्गाधनी प्रमाणपत्र (लालपुर्जा)को माग गर्दै माइतीघर मण्डलामा आन्दोलन सुरु गरेका हुन्।

