बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि सडकमा
काठमाण्डौ । सहकारी संस्थामा बचत गरेर रकम फिर्ता नपाएका पीडितहरू फेरि आन्दोलनमा उत्रिएका छन्। सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सोमबार काठमाण्डौको माइतीघर मण्डलमा प्रदर्शन गर्दै उनीहरूले सबै बचतकर्ताको रकम समान रूपमा फिर्ता गर्न सरकारसँग माग गरेका हुन्।प्रदर्शनमा सहभागी पीडितहरूले सरकारले साना र ठूला बचतकर्ताका नाममा पीडितहरूलाई विभाजन गर्न खोजेको आरोप...

