साहस उर्जाले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमााण्डौ । साहस उर्जा लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । कम्पनीले कायम चुक्तापूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति पाएको हो ।

