सानिमा मिडिल तमोर हाइड्रोपावरका महाप्रबन्धक रोकाको कार्यकाल पुनः थप
काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले कम्पनीका महाप्रबन्धक (जनरल म्यानेजर) सुदीप रोकाको कार्यकाल पुनः थप गर्ने निर्णय गरेको छ।कम्पनीको सञ्चालक समितिको साउन ५ गते मंगलबार अपराह्न ३ः१५ बजे बसेको बैठकले रोकाको कार्यकाल थप गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार महाप्रबन्धक रोकाको हालको पदावधि साउन १९ गते समाप्त हुँदैछ।

