बीमा सर्भेयर सम्बन्धी निर्देशिका जारी, के– के छन् आचारसंहिता ?
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर सम्बन्धी निर्देशिका, २०८३ जारी गरेको छ । बीमा सर्भेयरको कार्यलाई व्यवस्थित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई निजहरुको व्यवसायिक निष्ठा, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरी बीमितको वास्तविक क्षतिको न्यायोचित मूल्याङ्कन गर्ने व्यवस्था गर्न वाञ्छनीय भएकाले यो निर्देशिका जारी गरिएको हो । यदि ऐन, नियमावली, निर्देशन र...

