त्रिविबाट समकक्षता निर्धारण सेवा बन्द, अब विश्वविद्यालय अनुदान आयोगले हेर्ने
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले उच्च शिक्षाका उपाधिको समकक्षता निर्धारणसम्बन्धी काम बन्द गरेको छ। केन्द्रले २०८३ साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन लिनसमेत रोकेको जनाएको छ।‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ अनुसार विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ संशोधन भएपछि समकक्षता निर्धारणको जिम्मेवारी...

