बिहीबार, असार ३२,२०८३ 06:09:29
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 06:09:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

त्रिविबाट समकक्षता निर्धारण सेवा बन्द, अब विश्वविद्यालय अनुदान आयोगले हेर्ने

Laxmi Sunrise Bank Limited
त्रिविबाट समकक्षता निर्धारण सेवा बन्द, अब विश्वविद्यालय अनुदान आयोगले हेर्ने

 

 काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले उच्च शिक्षाका उपाधिको समकक्षता निर्धारणसम्बन्धी काम बन्द गरेको छ। केन्द्रले २०८३ साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन लिनसमेत रोकेको जनाएको छ।

‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ अनुसार विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ संशोधन भएपछि समकक्षता निर्धारणको जिम्मेवारी परिवर्तन भएको हो।

नयाँ कानुनी व्यवस्थाबमोजिम स्वदेश तथा विदेशका उच्च शिक्षाका उपाधिको समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगले सम्हाल्नेछ।

New Office
CG Motors
Garima Development Bank

त्रिवि पाठ्यक्रम विकास केन्द्रले असार ३२ गते सूचना जारी गर्दै कानुनी व्यवस्था कार्यान्वयनमा आएसँगै साउन १ गतेदेखि नयाँ आवेदन नलिने स्पष्ट पारेको छ।

अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गराउन चाहने विद्यार्थी तथा अन्य सरोकारवालाले विश्वविद्यालय अनुदान आयोगमा सम्पर्क गर्नुपर्नेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.