काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा तीन जना नयाँ सदस्य नियुक्त गरेका छन्।
मन्त्री श्रेष्ठले सुनिल ढुंगेल, शम्भु केसी र प्रियंका अग्रवाललाई प्राधिकरणको सञ्चालकका रूपमा नियुक्त गरेका हुन्। नवनियुक्त तीन सदस्यसँगै नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले पूर्णता पाएको छ।
हाल प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्। समितिमा ऊर्जा मन्त्रालयकी सचिव सरिता दवाडी र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय पदेन सदस्यका रूपमा रहेका छन्।

