सरकारद्वारा भारततर्फ चिया निर्यात समस्या समाधान गर्न कार्यदल गठन
काठमाण्डौ । सरकारले भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध तथा प्रशासनिक जटिलता समाधान गर्न अन्तर–मन्त्रालयीय कार्यदल गठन गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

