बिहीबार, असार ११,२०८३ 07:57:18
Bizshala
  • बिहीबार, असार ११,२०८३ 07:57:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारद्वारा भारततर्फ चिया निर्यात समस्या समाधान गर्न कार्यदल गठन

Laxmi Sunrise Bank Limited
सरकारद्वारा भारततर्फ चिया निर्यात समस्या समाधान गर्न कार्यदल गठन

काठमाण्डौ । सरकारले भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध तथा प्रशासनिक जटिलता समाधान गर्न अन्तर–मन्त्रालयीय कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

New Office
CG Motors
Garima Development Bank

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, गृह, परराष्ट्र, तथा कृषि, वन र वातावरण मन्त्रालयका उपसचिवहरू सदस्य रहेका छन्। साथै भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रतिनिधि तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य–सचिवका रूपमा रहनेछन्।

भारतको ‘टी बोर्ड अफ इण्डिया’ ले चिया आयात हुने सबै कन्साइनमेन्टमा अनिवार्य गुणस्तर परीक्षण, प्रयोगशाला प्रतिवेदन, शुल्क तथा भण्डारणसम्बन्धी नयाँ प्रावधान लागू गरेपछि नेपाली चिया निर्यातमा ढिलाइ र अवरोध सिर्जना भएको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका कारण भन्सार नाकामा मालबाहक सवारीसाधन लामो समय रोकिँदा चियाको गुणस्तरमा ह्रास आउने, लागत बढ्ने र साना तथा मझौला किसान तथा निर्यातकर्ताहरू बढी प्रभावित भएको व्यवसायीहरूले गुनासो गरेका छन्।

सरकारले गठन गरेको कार्यदलले सम्बन्धित समस्या अध्ययन गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानसहितको प्रतिवेदन पेस गर्नेछ। कार्यदलको उद्देश्य भारततर्फ चिया निर्यातलाई सहज, नियमित र प्रतिस्पर्धी बनाउन आवश्यक नीतिगत तथा प्रशासनिक उपायहरू सुझाव दिनु रहेको जनाइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.