बिहीबार, असार ११,२०८३ 06:57:40
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:57:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एआई उत्साहले अमेरिकी सेयर बजारमा नयाँ उर्जा, नास्डाक फ्युचर्स २% बढीले वृद्धि

Laxmi Sunrise Bank Limited
एआई उत्साहले अमेरिकी सेयर बजारमा नयाँ उर्जा, नास्डाक फ्युचर्स २% बढीले वृद्धि

काठमाण्डौ । कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधारमा बलियो माग कायम रहेको संकेत मिलेपछि बिहीबार अमेरिकी सेयर बजारका फ्युचर्सहरू उल्लेखनीय रूपमा बढेका छन्। विशेषगरी प्रविधिमुखी नास्डाक फ्युचर्स २ प्रतिशतभन्दा बढीले उकालो लाग्दा लगानीकर्ताहरूको विश्वास पुनः मजबुत भएको छ।

मेमोरी चिप निर्माता माईक्रोन टेक्नोलोजीले आफ्ना एआई प्रयोजनका मेमोरी चिपहरूका लागि ग्राहकहरूबाट करिब २२ अर्ब अमेरिकी डलर बराबरको प्रतिबद्धता प्राप्त भएको जनाएको छ। त्यस्तै क्वालकमले सन् २०२९ सम्म डेटा सेन्टर व्यवसायबाट १५ अर्ब डलर आम्दानी गर्ने लक्ष्य सार्वजनिक गरेको छ। यी घोषणाले एआई क्षेत्रमा लगानीको गति अझै बलियो रहेको सन्देश दिएको छ।

New Office
CG Motors
Garima Development Bank

यस सकारात्मक समाचारपछि माइक्रोनको सेयर प्रि–मार्केट कारोबारमा करिब १८ प्रतिशत र क्वालकमको सेयर ११ प्रतिशतभन्दा बढीले बढेको छ। साथै वेस्टर्न, डिजिटल, सानडिस्क र सिगेट टेक्नोलोजी जस्ता अन्य मेमोरी तथा स्टोरेज कम्पनीहरूको सेयर पनि उल्लेखनीय रूपमा उकालो लागेको छ।

माइक्रोन र क्वालकमको सशक्त प्रक्षेपणले एआई–केन्द्रित लगानी चक्र अझै समाप्त नभएको पुष्टि गरेको विश्लेषकहरुले बताएका छन्। हालै उच्च मूल्यांकन भएका प्रविधि कम्पनीहरूमा देखिएको दबाबका बीच यी नतिजाले बजारलाई नयाँ आत्मविश्वास प्रदान गरेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, लगानीकर्ताहरूको ध्यान अब अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले प्राथमिकता दिने मुद्रास्फीति सूचक पर्सनल कन्जम्प्सन एक्सपेन्डिचर मूल्य सूचकांक तर्फ केन्द्रित भएको छ। अपेक्षाभन्दा उच्च मुद्रास्फीति देखिएमा ब्याजदर थप बढ्न सक्ने सम्भावना रहँदा प्रविधि क्षेत्र पुनः दबाबमा पर्न सक्ने विश्लेषण गरिएको छ।

यद्यपि कच्चा तेलको मूल्य हालै घट्दै गएकोले मुद्रास्फीतिमा केही राहत मिल्न सक्ने आशा बढेको छ, जसले बजारको समग्र मनोबललाई पनि सहयोग पुर्याएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.