काठमाण्डौ । बिहिबार सेयरबजारमा २ अर्ब ८३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा
५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सेयरप्रो सेक्युरिटिज, सनि सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, नबिल स्टक डिलर र दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज ४१ करोड ३४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४१.७१ प्रतिशत सेयर खरिद भएको छ भने ५८.२९ प्रतिशत सेयर बिक्री भएको छ ।


