बिहीबार, असार ११,२०८३ 07:05:48
Bizshala
  • बिहीबार, असार ११,२०८३ 07:05:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपा निर्वाचन तालिका पाँचौँ पटक संशोधन, संगठनात्मक तयारीमाथि प्रश्न

Laxmi Sunrise Bank Limited
रास्वपा निर्वाचन तालिका पाँचौँ पटक संशोधन, संगठनात्मक तयारीमाथि प्रश्न

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्तरिक निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरेपछि पार्टीको निर्णय क्षमता र संगठनात्मक व्यवस्थापनबारे राजनीतिक वृत्तमा विभिन्न टिप्पणीहरू शुरु भएका छन्।  

निर्वाचन प्रक्रियालाई एकै दिनभित्र सम्पन्न गर्ने भन्दै रातिको समयमै सबै चरण समेटिए पनि पटक–पटक हुने संशोधनले आन्तरिक तयारी र समन्वयमाथि प्रश्न उठाएको छ।

New Office
CG Motors
Garima Development Bank

राजनीतिक विश्लेषकहरूका अनुसार कुनै पनि दलभित्र आन्तरिक लोकतान्त्रिक अभ्यास हुनु सकारात्मक पक्ष भएपनि बारम्बार तालिका परिवर्तन हुनु संगठनात्मक स्थिरता र पूर्वतयारीको अभावको संकेतका रूपमा पनि बुझिन सक्छ।

शेषगरी पदाधिकारी चयनजस्तो संवेदनशील प्रक्रियामा समय व्यवस्थापन बारम्बार फेरिनु नेतृत्व तहमा समन्वय कमजोर भएको टिप्पणीसमेत भइरहेको छ।

त्यसैगरी, निर्वाचन प्रक्रिया रातिको समयमा केन्द्रित गरिनु पनि छलफलको विषय बनेको छ।  

मतदानदेखि मतगणनासम्म सबै प्रक्रिया सीमित घण्टाभित्र सम्पन्न गर्ने निर्णयले प्रक्रियागत पारदर्शिता र सहभागितामूलक वातावरणमा कति सहजता ल्याउँछ भन्ने प्रश्न उठाइएको छ।  

आलोचकहरूका अनुसार यस्तो छिटो र संकुचित समयसीमाले सबै उम्मेदवार र मतदातालाई समान अवसर सुनिश्चित गर्न चुनौती हुन सक्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपि पार्टी नेतृत्वले भने यसलाई फरक रूपमा व्याख्या गरेको छ।

रास्वपाका अनुसार आन्तरिक निर्वाचनलाई लामो र जटिल प्रक्रिया बनाउनुको सट्टा छरितो, व्यवस्थित र समयमै सम्पन्न गर्नका लागि समयतालिका पुनः समायोजन गरिएको हो।  

पार्टीले पारदर्शिता र अनुशासनलाई प्राथमिकतामा राख्दै सबै प्रक्रिया निश्चित समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको दाबी गरेको छ।

राजनीतिक वृत्तमा भने रास्वपाको यो अभ्यासलाई एकातिर आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्ने प्रयासका रूपमा हेरिएको छ भने अर्कोतर्फ संगठनात्मक परिपक्वता परीक्षण भइरहेको संकेतका रूपमा पनि व्याख्या गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.