रुस–युक्रेन युद्धमा १३ लाख बढी रुसी सेनाले ज्यान गुमाएको युक्रेनको दाबी
काठमाण्डौ । युक्रेनको सशस्त्र बलको जनरल स्टाफले रुसले सन् २०२२ फेब्रुअरी २४ देखि सुरु गरेको पूर्णस्तरीय आक्रमणपछि हालसम्म १३ लाखभन्दा बढी सैनिक क्षति व्यहोरेको दाबी गरेको छ।अप्रिल १७ मा सार्वजनिक गरिएको विवरणअनुसार, रुसले कुल १३ लाख १६ हजार ७० सैनिक गुमाएको जनाइएको छ, जसमा पछिल्लो २४ घण्टामा मात्रै करिब १ हजार क्षति भएको उल्लेख छ। युक्रेनी पक्षले क्षति भन्नाले मारिएका,...

