सिङ्गापुरबाट खोसियो विश्वकै उत्कृष्ट विमानस्थलको उपाधि, शीर्ष १० मध्ये पहिलो स्थानमा कुन ?
काठमाण्डौ । भित्री झरना र हरियालीका लागि प्रसिद्ध सिंगापुरको चांगी एयरपोर्टले उत्कृष्ट विमानस्थलको उपाधि गुमाएको छ। यो उपाधि टर्किएको इस्तानबुल सहरको एयरपोर्टले खोसेको हो ।इस्तानबुल एयरपोर्टले ट्राभल प्लस लिजरको २०२५ वर्ल्ड वेष्ट अवार्डमा ९८.५७ अंकका साथ पहिलो स्थान हासिल गरेको छ । सिङ्गापुरको चांगी एयरपोर्ट सूचीमा दोस्रो स्थानमा छ। शीर्ष १० उत्कृष्ट विमानस्थलमा अरब र...