बुधबार, जेष्ठ ६,२०८३ 04:42:46
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 04:42:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ज्ञानेन्द्रलाल प्रधानविरुद्ध ‘इन्साइडर ट्रेडिङ’को मुद्दा, २६ करोड बढीको बिगो दाबी

Laxmi Sunrise Bank Limited
ज्ञानेन्द्रलाल प्रधानविरुद्ध ‘इन्साइडर ट्रेडिङ’को मुद्दा, २६ करोड बढीको बिगो दाबी
Shivam Cement

काठमाण्डौ । सेयर बजारका ठूला लगानीकर्ता मध्येका एक मानिने ज्ञानेन्द्रलाल प्रधानलाई जिल्ला सरकारी वकिलको कार्यलयले २४ करोड बराबरको माग दावी गर्दै मुद्दा दायर गरेको छ ।  

कार्यालयले प्रधानविरूद्ध काठमाण्डौ जिल्ला अदालतमा मंसिर २८ गते अभियोग पत्र दायर गरेको हो ।

Bizshala
New Office
CG Motors

‘नेपाल हाइड्रो डेभलपर्सको १६.८८ प्रतिशत आफ्नो नाममा रहेको सेयरलाई आफ्नो नामबाट जानीजानी परिवारका सदस्यलाई नामसारी गरी दोस्रो बजारमा सेयरको मूल्यलाई प्रभावित गरि बिक्री गरेर उच्च लाभ लिने मनसाय रहेको देखिन्छ,’ कार्यालयले दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

प्रधानले २०७८ साउन १४ गतेदेखि २०७८ माघ २० गतेसम्म पटक–पटक गरेर पाँच लाख बढी कित्ता सेयर श्रीमती बिमला श्रेष्ठ, छोरा चेतन र छोरी निभिता प्रधानको नाममा नामसारी गरेका थिए । तर प्रधानले २०७८ साल भदौ १३ गते अर्थात सेयर बेचेको एक महिना पछि मात्रै अध्यक्ष पदबाट राजीनामा दिएको पनि उक्त अभियोग पत्रमा उल्लेख गरिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

उक्त अभियोगमा सम्पत्ति शुद्धीकरणको कसुरमा प्रधानबाट काभ्रेमा रहेको जग्गाबाट २ करोड ३७ लाख, मोदी इनर्जी र सुपरमादी हाइड्रोमा रहेको संस्थापक सेयरको हुने रकम २४ करोड ४ लाख रूपैयाँबाट बिगो रकम जफत गर्न सकिने उल्लेख गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X