बुधबार, जेष्ठ ६,२०८३ 05:11:02
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 05:11:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लो क्याप भएका १० हाइड्रोपावर कम्पनी, वित्तीय अवस्था कस्तो ?

Laxmi Sunrise Bank Limited
लो क्याप भएका १० हाइड्रोपावर कम्पनी, वित्तीय अवस्था कस्तो ?
Shivam Cement

काठमाण्डौ । सेयरबजारमा पछिल्लो समय ‘लो क्याप’ भएका कम्पनीहरु चलेका छन् । विशेषगरी हाइड्रो सेक्टरमा लो क्याप अर्थात् कम पुँजी भएका कम्पनीहरु धेरै छन् ।  

नेप्सेमा कुल ९१ वटा हाइड्रोपावर कम्पनीहरु सूचीकृत छन् । तर हाइड्रोपावर कम्पनीहरुमा सर्वसाधारणतर्फको सेयर न्यून छ । सर्वाधिक पब्लिक सेयर भएको सानिमा मिडिल तमोर हाइड्रोपावरको पनि ९९ लाख ९७ हजार ५०० कित्ता सेयर पब्लिकको छ भने संस्थापकतर्फ २ करोड ३३ लाख २७ हजार ५०० कित्ता गरी नेप्सेमा कुल ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर सूचीकृत छ ।  

बजारमा यतिबेला लो क्याप कम्पनीहरुमा नै लगानीकर्ता बढी आकर्षित देखिन्छन् । यसकारण त्यस्तै कम्पनीहरुको सेयरभाउ उच्च छ । हुन त अधिकांश हाइड्रो कम्पनीहरुको लकिङ पिरियड सकिएको छैन । लकिङ खुल्न बाँकी रहेकाले पनि अधिकांश हाइड्रो कम्पनीको नेप्सेमा पब्लिकतर्फको सेयर कम भएको हो ।  

लो क्याप भएका टप १० हाइड्रो कम्पनीहरुमा कुथेली बुखरी स्मल हाइड्रो, सुभम पावर, बाराही हाइड्रो, रावा इनर्जी, अप्पर स्याङ्गे हाइड्रो, सयपत्री हाइड्रो, सुपर माई हाइड्रो, एशियन हाइड्रो, चिरख्वा हाइड्रो र थ्रि स्टार हाइड्रो छन् । यी कम्पनीहरुको पब्लिकतर्फको सेयर अन्य कम्पनीको तुलनामा निकै कम छ ।  

Bizshala
New Office
CG Motors

सबैभन्दा थोरै कुथेली बुखरी स्मलको पब्लिकतर्फको सेयर जम्मा २ लाख ६८ हजार १०९ कित्ता सेयर छ । यसकारण पनि हाइड्रो कम्पनीहरुमा सर्वाधिक हाई सेयर प्राइस सोही कम्पनीकै २५ सय रुपैयाँभन्दा माथि छ ।  

त्यस्तै, दोस्रोमा सुभम् पावरको पब्लिकको सूचीकृत सेयर ६ लाख कित्ता रहेको छ भने बाराही हाइड्रोको ७ लाख कित्ता सेयर सूचीकृत छ । बजारमा अहिले सुभम्को सेयरभाउ ९८५ रुपैयाँ र बाराही हाइड्रोको ८५२ रुपैयाँ छ ।  

बजारमा केही समूहले लो क्याप भएका कम्पनीको सेयर डिमाण्ड बढाएर सेयरभाउ बढाउने जस्ता क्रियाकलाप गरेको पनि देखिन्छ । लो क्याप भएको सबै कम्पनीको वित्तीय अवस्था राम्रो हुन्छ नै भन्ने हुँदैन । केही कम्पनीको आधारभुत पक्ष बलियो नहुँदा पनि सेयरभाउ भने चलखेल गरी बढाइएको देखिन्छ ।  

सेयरमूल्य बढी भएका सबै कम्पनीको वित्तीय अवस्था राम्रो नहुन पनि सक्छ । लो क्याप भएका यी १० वटा कम्पनीको वित्तीय अवस्था ठिकैको मात्रै छ । तर सेयरभाउ भने राम्रा वित्तीय अवस्था भएका कम्पनीको तुलनामा उच्च छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

१० कम्पनीमध्ये गत आवको मुनाफाबाट जम्मा २ वटा कम्पनीले मात्रै लगानीकर्ताका लागि लाभांश प्रस्ताव गरेका छन् भने ८ वटा कम्पनीले लाभांश नबाँड्ने निर्णय गरी साधारण सभा आह्वान गरेका छन् । यसर्थ उक्त कम्पनीहरुले ठिकैको मात्र नाफा कमाएपनि सेयरधनी वा लगानीकर्तालाई प्रतिफल बाँड्न नसक्ने अवस्थामा छन् ।  

कुथेली बुखरी स्मल हाइड्रोले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश र सुपर माई हाइड्रोले ५.६३ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  

यसबाहेक ८ वटा कम्पनीले भने कुनै खालको लाभांश नबाँड्ने निर्णय गरिसकेका छन् । यसरी लो क्याप भएका अधिकांश हाइड्रो कम्पनीले सेयरभाउ बढी भएपनि लगानीकर्तालाई प्रतिफल दिन नसक्ने अवस्थामा छन् । लो क्यापको पछि लागेर लगानी गर्दा प्रतिफल पनि नपाईने र सेयरभाउ ह्वात्तै घटबढ हुने रिस्क बढी हुन जान्छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X