आईतवार, जेष्ठ ३,२०८३ 08:46:49
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 08:46:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महिन्द्रा स्कोर्पियो–एनको नयाँ भेरियन्ट जेट८ सेलेक्ट लञ्च,यस्ता छन् फिचर्स

Laxmi Sunrise Bank Limited
महिन्द्रा स्कोर्पियो–एनको नयाँ भेरियन्ट जेट८ सेलेक्ट लञ्च,यस्ता छन् फिचर्स
Shivam Cement

काठमाण्डौ । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो चर्चित एसयुभी स्कोर्पियो–एनको नयाँ भेरियन्ट जेट८ सेलेक्ट लञ्च गरेको छ । यसलाई मिड भेरियन्ट जेट६ र टप लाइन मोडल जेट८ को बीचमा राखिएको छ । जेट८ सेलेक्टलाई पेट्रोल र डिजेल दुवै इन्जिन तथा ट्रान्समीशन अप्शनका साथ पेश गरिएको छ ।  

यो कार ७० भन्दा धेरै कनेक्टेड फिचर्सका साथ उपलब्ध हुनेछ । यसको सुरुवाति मूल्य १६.९९ लाख भारु तोकिएको छ । स्कोर्पियो एन जेट८ सेलेक्ट भेरियन्ट नियमित जेट८ भेरियन्टभन्दा १.६६ लाख भारुसम्म सस्तो पर्न जान्छ ।  

यो कारको प्रतिष्पर्धा टाटा ह्यारियर र सफारीसँग हुने जनाइएको छ । मूल्यका आधारमा भने यसको प्रतिष्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोसको टप लाइन भेरियन्टसँग हुनेछ ।  

Bizshala
New Office
CG Motors

महिन्द्राले स्कोर्पियो–एनको जेट८ सेलेक्ट भेरियन्टलाई एक्सयुभी७०० को मिडनाइट ब्ल्याक कलर अप्सनमा पेश गरेको छ । यसका अतिरित्त स्कोर्पियो–एनमा अन्य परिवर्तन गरिएको छैन । यसमा १७ इन्चको डुअल टोन अलाए ह्वील,डुअल ब्यारेल एलईडी हेटलाइट्स र डीआरएलका साथै एलईडी प्रोजेक्टर फग ल्याप्प समेत प्रदान गरिएको छ ।  

फिचर्सको कुरा गर्दा यसमा वायरलेस एप्पल कारप्ले/एन्ड्रोइड अटोका साथै ८ इन्च टचस्क्रिन इन्फोटेमेन्ट सिस्टम,एड्रोनोएक्स, कनेक्टेड कार प्रविधि,बिल्ट–इन एलेक्सा र सेमी–डिजिटल इन्ट्रमेन्ट क्लस्टर जस्ता फिचर्स पनि दिइएको छ ।  

यसका अतिरित्त थ्रीडी साउण्ड स्टेजिङका साथ सोनी स्पीकर अडियो सिस्टम ।डुअल जोन क्लाइमेट कन्ट्रोल,वायरलेस चार्जर,इलेक्ट्रिक सनरुफ र इलेक्ट्रिकल्ली एडजस्टेबल ड्राइभर सीट जस्ता फिचर्स पनि उपलब्ध छ । तथापी यसमा जेट८ भेरियन्टको जस्तो डुअल–जोन एसी,पुश बटन,स्टार्ट–स्टप र अटो हेडलाइट भने दिइएको छैन ।  

महिन्द्रा स्कोर्पियो–एन २ लिटरको एमस्टालियन टर्बोचाज्र्ड इन्जिन र एमहक डीजेल इन्जिनका साथ उपलब्ध हुनेछ । पेट्रोल इन्जिन भएको यसयुभी६–स्पीड म्यानुअल ट्रान्सिमिशनका साथ २०३ एचपीको पावर तथा ३७० एनएमको पीक टार्क जेनेरट गर्छ । ६–स्पीड टार्क कन्भर्टर अटोमेटिक गियरबक्सका साथ जोडिएपछि यो इन्जिनले १० एनएम धेरै टार्क जेनेरट गर्नेछ ।  

त्यस्तै डीजेल इन्जिन म्यानुअल गियरबक्सका साथ १७५ एचपी र ३७० एनएम पीक टार्क जेनेरेट गर्छ । ६–स्पीड टार्क कन्भर्टरका साथ यो इन्जिनले ४०० एनएमको टार्क जेनेरेट गर्छ ।  

यो कारमा सबै पांग्रामा डिस्क ब्रेक,६ एयरब्याग हिल होल्ड कन्ट्रोल,हिल डिसेन्ट कन्ट्रोल,सेन्सरका साथ रिभर्स क्यामेरा,टायर प्रशेर मोनिटरिङ सिस्टम,क्रुज कन्ट्रोल र रियर डिस्क ब्रेक जस्ता कयौ सेफ्टी फिचर्स प्रदान गरिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.