बुधबार, असार १८,२०८२ 11:20:59
  • बुधबार, असार १८,२०८२ 11:20:59
Global IME Bank Limited

महिन्द्रा स्कोर्पियो–एनको नयाँ भेरियन्ट जेट८ सेलेक्ट लञ्च,यस्ता छन् फिचर्स

Hyundai Nepal
महिन्द्रा स्कोर्पियो–एनको नयाँ भेरियन्ट जेट८ सेलेक्ट लञ्च,यस्ता छन् फिचर्स
Nabil Bank Limited

काठमाण्डौ । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो चर्चित एसयुभी स्कोर्पियो–एनको नयाँ भेरियन्ट जेट८ सेलेक्ट लञ्च गरेको छ । यसलाई मिड भेरियन्ट जेट६ र टप लाइन मोडल जेट८ को बीचमा राखिएको छ । जेट८ सेलेक्टलाई पेट्रोल र डिजेल दुवै इन्जिन तथा ट्रान्समीशन अप्शनका साथ पेश गरिएको छ ।  

यो कार ७० भन्दा धेरै कनेक्टेड फिचर्सका साथ उपलब्ध हुनेछ । यसको सुरुवाति मूल्य १६.९९ लाख भारु तोकिएको छ । स्कोर्पियो एन जेट८ सेलेक्ट भेरियन्ट नियमित जेट८ भेरियन्टभन्दा १.६६ लाख भारुसम्म सस्तो पर्न जान्छ ।  

यो कारको प्रतिष्पर्धा टाटा ह्यारियर र सफारीसँग हुने जनाइएको छ । मूल्यका आधारमा भने यसको प्रतिष्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोसको टप लाइन भेरियन्टसँग हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

महिन्द्राले स्कोर्पियो–एनको जेट८ सेलेक्ट भेरियन्टलाई एक्सयुभी७०० को मिडनाइट ब्ल्याक कलर अप्सनमा पेश गरेको छ । यसका अतिरित्त स्कोर्पियो–एनमा अन्य परिवर्तन गरिएको छैन । यसमा १७ इन्चको डुअल टोन अलाए ह्वील,डुअल ब्यारेल एलईडी हेटलाइट्स र डीआरएलका साथै एलईडी प्रोजेक्टर फग ल्याप्प समेत प्रदान गरिएको छ ।  

फिचर्सको कुरा गर्दा यसमा वायरलेस एप्पल कारप्ले/एन्ड्रोइड अटोका साथै ८ इन्च टचस्क्रिन इन्फोटेमेन्ट सिस्टम,एड्रोनोएक्स, कनेक्टेड कार प्रविधि,बिल्ट–इन एलेक्सा र सेमी–डिजिटल इन्ट्रमेन्ट क्लस्टर जस्ता फिचर्स पनि दिइएको छ ।  

यसका अतिरित्त थ्रीडी साउण्ड स्टेजिङका साथ सोनी स्पीकर अडियो सिस्टम ।डुअल जोन क्लाइमेट कन्ट्रोल,वायरलेस चार्जर,इलेक्ट्रिक सनरुफ र इलेक्ट्रिकल्ली एडजस्टेबल ड्राइभर सीट जस्ता फिचर्स पनि उपलब्ध छ । तथापी यसमा जेट८ भेरियन्टको जस्तो डुअल–जोन एसी,पुश बटन,स्टार्ट–स्टप र अटो हेडलाइट भने दिइएको छैन ।  

महिन्द्रा स्कोर्पियो–एन २ लिटरको एमस्टालियन टर्बोचाज्र्ड इन्जिन र एमहक डीजेल इन्जिनका साथ उपलब्ध हुनेछ । पेट्रोल इन्जिन भएको यसयुभी६–स्पीड म्यानुअल ट्रान्सिमिशनका साथ २०३ एचपीको पावर तथा ३७० एनएमको पीक टार्क जेनेरट गर्छ । ६–स्पीड टार्क कन्भर्टर अटोमेटिक गियरबक्सका साथ जोडिएपछि यो इन्जिनले १० एनएम धेरै टार्क जेनेरट गर्नेछ ।  

त्यस्तै डीजेल इन्जिन म्यानुअल गियरबक्सका साथ १७५ एचपी र ३७० एनएम पीक टार्क जेनेरेट गर्छ । ६–स्पीड टार्क कन्भर्टरका साथ यो इन्जिनले ४०० एनएमको टार्क जेनेरेट गर्छ ।  

यो कारमा सबै पांग्रामा डिस्क ब्रेक,६ एयरब्याग हिल होल्ड कन्ट्रोल,हिल डिसेन्ट कन्ट्रोल,सेन्सरका साथ रिभर्स क्यामेरा,टायर प्रशेर मोनिटरिङ सिस्टम,क्रुज कन्ट्रोल र रियर डिस्क ब्रेक जस्ता कयौ सेफ्टी फिचर्स प्रदान गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.