आईतवार, जेष्ठ ३,२०८३ 11:40:22
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 11:40:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निर्जीवन बीमा कम्पनीहरुको नाफा दोब्बर घट्यो, इपीएस कुनको कति ?

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमा कम्पनीहरुको नाफा दोब्बर घट्यो, इपीएस कुनको कति ?
Shivam Cement

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा दोब्बरले घट्न पुगेको छ । चालु आवको दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५९.३८ प्रतिशत कम हो । गत आवको दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सो अवधिसम्म आइपुग्दा १२ निर्जीवन बीमा कम्पनी नाफामा छन् भने विदेशी कम्पनी दि ओरिन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स घाटामा देखिएका छन् । नाफामा रहेका १२ कम्पनीमध्ये पनि सानिमा जिआइसी, प्रभु इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले मात्रै नाफा बढाएका छन् भने बाँकी ९ कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।  

Bizshala
New Office
CG Motors

गत असोज महिनामा भीषण बाढिपहिरोका कारण सर्वसाधारणहरुको धनजनको क्षति भएको थियो । निर्जीवन बीमा कम्पनीहरुमा बीमितहरुबाट अर्बौ रकम बीमा दाबी पर्न थालेपछि केही हदसम्म निर्जीवन बीमा कम्पनीहरुको नाफा प्रभावित पर्न गएको हो ।  

बीमा कम्पनीहरुले पनि दाबी परेबमोजिम सर्भेयरमार्फत सबै अवस्था परिचालन गरी दाबी भुक्तानी दिइरहेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार माघ २३ गतेसम्म निर्जीवन बीमा कम्पनीहरुले दाबी परेको कुल रकममा जम्मा १९.५७ प्रतिशत मात्रै बीमा दाबी भुक्तानी गरेका छन् भने अझै ८०.४३ प्रतिशत बीमा दाबी भुक्तानी दिन बाँकी छ ।  

निर्जीवन बीमा कम्पनीहरुले कम्पनीको जोखिमाङ्कन भार घटाउन पुनर्बीमा गराएपनि दाबीको पुरै रकम भने पुनर्बीमामार्फत कभर हुँदैन । यसकारण केही प्रतिशत रकम बीमकहरुले आफ्नो बीमा कोषबाट दाबी भुक्तानीमा खर्चिनुपर्ने हुन्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

दोस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा आर्जन गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले सो अवधिसम्म कम्पनीले ३४ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने १८.८६ प्रतिशत कम हो । गत आवको यो अवधिसम्म आरबीसीएलले ४२ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

चालु आवमा सानिमा जिआइसी, प्रभु इन्स्योरेन्स र शिखरले मात्रै खुद नाफा बढाएका छन् । सानिमा जिआइसीले १५.२५ प्रतिशत, प्रभुले १०.५३ प्रतिशत र शिखरले २.४८ प्रतिशतले नाफा बढाएका छन् ।  

सबैभन्दा धेरै नाफा घट्ने कम्पनीमा नेपाल इन्स्योरेन्स रहेकोछ । कम्पनीको खुद नाफा ८२.७२ प्रतिशतले घटेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ६७.२१ प्रतिशतले घटेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.