सोमबार, जेष्ठ ४,२०८३ 05:26:44
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 05:26:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गणपति लघुवित्तको डेढगाउँ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
गणपति लघुवित्तको डेढगाउँ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय डेढगाउँ नवलपुरद्धारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम फागुन १ गते बौदीकाली गाउँपालिका वडा नं. २ का वडाध्यक्ष श्याम सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा डेढगाउँमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि वडाध्यक्षले बैंक वित्तीय संस्थाहरूबाट आवश्यकताको आधारमा मात्रै कर्जा लिनुपर्ने धारणा व्यक्त गर्दै अनावश्यक खर्चलाई कटौति गरेमा बढ्ने बचतले भविष्यमा ठुलो आर्थिक सहायता प्रदान गर्ने हुँदा सबैलाई देखासेखिमा नलागी आफ्नो अवस्थानुसार वित्तीय कारोबार गर्न सुझाए ।

कार्यक्रममा बिशिस्ट अतिथिका रुपका ईलाका प्रहरी कार्यालय डेढगाउँका प्रमुख तथा प्रहरी निरिक्षक गणेश ज्ञवाली तथा अतिथिहरुमा कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक यादव ओझा लगायतको सहभागीता रहेको थियो ।

Bizshala
New Office
CG Motors

संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि विशेष प्रस्तुती सहितको प्रशिक्षण संस्थाको तालिम विकास तथा प्रर्वतन विभाग प्रमुख प्रभुराज थापाले प्रदान गरे। सो क्रममा वित्तिय अनुशासन, पारिवार बजेट निर्माण, आम्दानी खर्च र वचतको व्यवस्थापन, कर्जाको महत्त्व र प्रयोग, कानुनी अवधारणाका आधारमा कालोसुचिमा पर्ने सम्मको अवस्था बारे सबैलाई ज्ञानमुलक सचेतना सामाग्री पस्केका थिए । साथै, प्रस्तुतीका क्रममा लघुवित्त सम्बन्धि भ्रम र यथार्थ सम्बन्धि समसामयिक बिषयबस्तुहरु सहभागीहरुले बुझ्ने गरि सरल भाषामा बुझाए ।  

Garima Development Bank
Shivam Cement
IME remit

उक्त कार्यक्रममा शाखा कार्यालय डेढगाउँ अन्तर्गत संचालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख तथा वित्तिय संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गर्ने मध्ये बर्षका ३ उत्कृष्ठ व्यवसायिक ग्राहकलाई समेत कदर पत्रद्धारा सम्मान गरिएको थियो । ६१ जना ग्राहक सदस्यहरुको सहभागिता रहेको वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता केन्द्र नं. १४८ कि सदस्य तथा बौदिकाली गाउँपालिका वडा नं. २ कि वडा सदस्य श्रीमती ज्ञानिसरा बिकले गरेका थिए ।

कार्यक्रममा सहभागिलाई स्वागत मन्तव्य सहित शाखाको वित्तीय अवश्था बारेको जानकारी शाखा प्रबन्धक सृष्टी रिजालले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन तथा सहजिकरण मुग्लीन अनुगमन अधिकृत गोकर्ण प्रसाद जोशीले गरेका थिए । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.