शनिबार, जेष्ठ २,२०८३ 01:26:01
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 01:26:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बिटक्वाइनको मूल्य २ वर्षपछि ५७ हजार डलर पुग्यो, यस वर्ष ३०% ले बढीसक्यो मूल्य

Laxmi Sunrise Bank Limited
बिटक्वाइनको मूल्य २ वर्षपछि ५७ हजार डलर पुग्यो, यस वर्ष ३०% ले बढीसक्यो मूल्य
Shivam Cement

काठमाण्डौ । क्रिप्टोकरेन्सीे बिटक्वाइनको मूल्य २ वर्षको अन्तरालमा पहिलोपटक ५७ हजार डलर पुगेको छ । यसअघि बिटक्वाइनको मूल्यले सन् २०२१ मा ६९ हजार डलरको आँकडा पार गरेको थियो ।  

मंगलबार बिहान बिटक्वाइनको सेयरमूल्यमा वृद्धि भएको थियो र यसको मूल्य ५७ हजार ३९ डलर पुगेको थियो । तथापी केहि समयपछि यसको मूल्यमा केहि गिरावट आएको थियो ।  

यो वर्ष बिटक्वाइनको मूल्य ३० प्रतिशतले वृद्धि भईसकेको छ । एक वर्षको अवधिमा भने बिटक्वाइनको मूल्य १३७.१९ प्रतिशतले वृद्धि भएको छ ।  

Bizshala
New Office
CG Motors

सोमबार अमेरिकामा क्रिप्टोसँग सम्बन्धीत कम्पनीहरुको सेयरमूल्यमा तीव्रता आएको थियो ।  

गत जनवरी ११ मा कारोबारको क्रममा बिटक्वाइन एक्सचेञ्ज ट्रेडेड फण्ड(ईटीएफ)मा करीब ५.६ अर्ब डलरको लगानी भएको थियो ।  

क्रिप्टो करेन्सी अनलाइन भुक्तानीको साधन हो । यसको प्रयोग वस्तु तथा सेवाको भुक्तानी गर्नका लागि गर्ने गरिन्छ । क्रिप्टो करेन्सी नेटवर्कमा आधारित करेन्सी हो । यसलाई कम्पनी वा अन्य जो कोहि व्यक्तिले टोकनका रुपमा जारी गर्न सक्छन् । यी टोकनहरुको प्रयोग जारी गर्ने कम्पनीहरुको वस्तु तथा सेवा खरिद गर्नका लागि हुने गर्छ ।  

यसलाई कुनै देशको मुद्राको जस्तै नियन्त्रण गर्न भने सकिदैन । यसको सम्पूर्ण सञ्चालन अनलाइन हुने गर्छ । जसका कारण यसमा उचारचढाव आईरहन्छ । विश्वको सबैभन्दा पहिलो क्रिप्टोकरेन्सी बिटक्वाइनलाई ओपन सोर्स सफ्टवेयरको रुपमा रिलिज गरिएको थियो । यसलाई बनाउने समूहलाई सातोशी नाकामोतोको नामबाट चिनिने गरिन्छ ।    

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.