आईतवार, असार १,२०८२ 10:56:45
  • आईतवार, असार १,२०८२ 10:56:45
Global IME Bank Limited

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग

Hyundai Nepal
जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग
Nabil Bank Limited

काठमाण्डौ । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाँचवटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ । स्कूटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्र, शोह्रखुट्टेमा सम्पन्न भएको थियो ।  

कार्यक्रमले दुवै संस्थाको समुदायलाई दिगो गतिशिलता समाधानमार्फत सशक्त पार्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।  

उक्त अवसरमा भारतीय राजदूतावासका विशिष्ट अतिथि मेजर नवीन जानु, एसएम असिस्टेन्ट मिलिटरी, टिभीएस मोटर कम्पनीका प्रतिनिधिहरू लगायतको उपस्थिती रहेको थियो । हस्तान्तरण गरिएका यी विशेष स्कुटरहरू मार्फत उनीहरुले अब स्वतन्त्रतापूर्वक आवतजावत गर्ने सहजताको अनुभव गर्न सक्ने आशा गरिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अपांगता भएका व्यक्तिहरूका लागि गतिशिलता ठूलो चुनौती हुने गर्दछ । यस पहलले विश्वसनीय, उच्चप्रदर्शन क्षमतायुक्त, सुविधा सम्पन्न स्कुटरहरू प्रदान गरेर उक्त चुनौतीलाई समाधान गर्न केही हदसम्म भएपनि सघाउने उद्देश्य बोकेको छ । टीभीएस एनटर्क, उत्कृष्ट प्रविधि, सहज सञ्चालन प्रणाली र मजबुत डिजाइनका लागि परिचित छ । तसर्थ, सहयोगले लाभग्राहीहरूका लागि आत्मविश्वासमा वृृद्धिका साथै, दक्षताका साथ दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।  

जगदम्बा मोटर्सले सदैव सामाजिक उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । कम्पनी, समुदायलाई सशक्त पार्ने तथा नवीनतम गतिशील समाधान उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएको छ । भारतीय राजदूतावाससँगको सहकार्यले समावेशी समाज निर्माण गर्ने टिभीएसको प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीको भनाइ छ ।  

‘हाम्रो मान्यता छ कि गतिशीलताकेवल सुविधा मात्र होइन, यो एक मौलिक अधिकार हो । प्रत्येक व्यक्तिलाई, आफ्नो शारीरिक क्षमताको पर्वाहन गरी, हिँडडुल गर्ने, अन्वेषण गर्ने र आफ्नो सपना पुरा गर्ने स्वतन्त्रताको हकदार छ । आज, हामी अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष रूपले डिजाइन गरिएका स्कूटरहरूको प्रस्ताव गर्ने हाम्रो पहलको सुरुवातसँगै समावेशीता र सशक्तिकरणतर्फ महत्वपूर्ण कदम चाल्न पाउँदा हामी गर्वित छौं ।’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक, अखिल गुप्ताले भने ।  

यस सहयोगात्मक प्रयासले सामाजिक उत्थानका लागि भविष्यमा पनि यस्ता अभियानहरू सञ्चालन गर्न मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ । कार्यक्रमको समापन लाभग्राहीहरूलाई टिभीएस एनटर्क स्कुटर हस्तान्तरण गर्दै गरिएको थियो । यसले उनीहरूको जीवनमा नयाँ सुरुवातको संकेत गरेको आयोजकको विश्वास छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.