शुक्रबार, श्रावण १,२०८३ 02:02:43
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 02:02:43
Bizshala
Global IME Bank Limited

नयाँ वर्षमा नामी ईभीको नयाँ अफर तथा टेस्ट ड्राइभ क्याम्पको घोषणा

नयाँ वर्षमा नामी ईभीको नयाँ अफर तथा टेस्ट ड्राइभ क्याम्पको घोषणा
New Office

काठमाण्डौ । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धी मोटर्स प्रालिले अप्रिल ५ देखि अप्रिल १२ सम्म सञ्चालन हुने आफ्नो ‘न्यू ईयर, न्यू अफर’ देशव्यापी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प गर्ने घोषणा गरेको छ। एक हप्तासम्म चल्ने यस कार्यक्रमको उद्देश्य ग्राहक संग्लग्नता बढाई उनीहरूलाई बिगह्याच र फाइभ स्टार लक्जरी भएको नामीको प्रत्यक्ष अनुभव प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।  

योसँगै ग्राहकहरूले अब तोकिएको नामी गाडीको बुकिङको लागि केवल रु. ५.९९ लाखदेखि सुरु हुने सजिलो डाउन पेमेन्टबाट फाइदा लिन सक्नेछन्। यो अफरमा बुकिङ भएको मितिदेखि दुई वर्किङ डे भित्र ग्यारेन्टीपूर्ण डेलिभरीका साथै रू. १ लाखसम्मको फाइदाहरूसमावेश हुनेछन्। यसले समग्र अनुभवलाई मूल्य र गति दुवै हिसाबले प्रभावकारी बनाउने कम्पनीको विश्वास छ।  

खरिद प्रक्रियालाई थप सजिलो बनाउन नामीले ८० प्रतिशतसम्मको फाइनान्सिङ सहायता प्रदान गर्नेछ । जसले गर्दा गाडी लिने प्रक्रिया सहज हुने र ग्राहकले सुरूमै गर्नुपर्ने खर्च पनि कम हुनेछ।

साथै, टेस्ट ड्राइभ लिने सबै सहभागीहरूलाई निःशुल्क उपहार प्रदान गरिनेछ। ग्राहकहरु सबैले उपहारहरूका साथ अत्याधुनिक, सुविधायुक्त इलेक्ट्रिक कारको रोमाञ्चक टेस्ट ड्राइभको आनन्द लिन सक्नेछन्। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.