काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा स्टार्ट अप कर्जा कार्यक्रम विस्तार गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्टार्ट अप उद्यमीलाई प्रोत्साहित गर्न स्टार्ट अप कर्जा कार्यक्रम विस्तार गर्ने बताएका हुन् ।
प्रदेश तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा स्टार्टअप उद्यमीहरुलाई व्यवसाय प्रबर्द्धन सम्बद्र्धन क्षमता अभिबृद्धि, सेवा बजारीकरण र मूल्य श्रृंखला निर्माण गर्न सबै प्रदेशमा व्यवसाय केन्द्र स्थापना गरिने सरकारले नीति बनाएको छ ।