काठमाण्डौ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको सुरक्षा सुनिश्चित हुने अवस्थामा युद्ध अन्त्य गर्न आफू तयार रहेको बताएका छन् । उनले यी सर्तहरूमा सबै इजरायली बन्धकहरूको रिहाई, हमासको आत्मसमर्पण, गाजाबाट यसको नेतृत्व निष्कासन र क्षेत्र पूर्ण रूपमा निशस्त्रीकरण समावेश रहेको बताए।
उनले ‘गाजा छोड्न चाहनेहरूले छोड्न सक्नेछन्।’ इजरायली प्रधानमन्त्रीले इजरायलसँग युद्ध अन्त्यको माग गर्नेहरू वास्तवमा गाजामा हमासको शासन जारी राख्न चाहने बताए ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल र गाजाबीचको द्वन्द्व सुरु भएदेखि गाजामा ५३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।