काठमाण्डौ । अमेरिकाको वासिङ्टनमा रहेको यहुदी सङ्ग्रहालय बाहिर इजरायली दूतावासका दुई कर्मचारीको हत्या भएको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले यसको पुष्टि गरेकी छिन् ।
यस घटनामा एक पुरुष र एक महिलालाई गोली लागेको छ। दुवै जनाक्यापिटल यहुदी म्युजियमको एक कार्यक्रममा भाग लिएर बाहिर निस्केका बेला उनीहरुलाई गोली लागेको थियो ।
आक्रमणको तरिका हेर्दा यो सुनियोजित ढंगले गरिएको जनाइएको छ । स्थानीय समय अनुसार राति ९.०५ बजे एफ स्ट्रिटमा गोलीबारी भएको थियो। यो एक क्षेत्र हो जहाँ धेरै पर्यटक स्थल, संग्रहालय र सरकारी भवनहरु छन्। यसमा एफबीआईको फिल्ड अफिस पनि समावेश छ।
रिपार्टका अनुसार इजरायली दूतावासका धेरै कर्मचारीहरू गोलीबारीको समयमा संग्रहालयको कार्यक्रममा उपस्थित थिए । संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूतले घटनालाई यहूदी विरोधी आतंकवादको कार्य भनेर वर्णन गरेका छन् ।