बिहीबार, असार ३२,२०८३ 11:23:24
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 11:23:24
Bizshala
Global IME Bank Limited

एमएडब्लू वृद्धि स्पीड चार्जर्सद्वारा जोमसोममा सीसीएसटु ईभी चार्जिङ स्टेसन स्थापना

एमएडब्लू वृद्धि स्पीड चार्जर्सद्वारा जोमसोममा सीसीएसटु ईभी चार्जिङ स्टेसन स्थापना
New Office

काठमाण्डौ । एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। कम्पनीले जोमसोममा सीसीएसटु इलेक्ट्रिक गाडी (ईभी) चार्जिङ स्टेसन औपचारिक रूपमा उद्घाटन गरेको छ । 

जुन अब उच्च भूभागमा रहेका चार्जिङ स्टेसनहरूमा समावेश भएको छ। यो उपलब्धिले दुर्गम र कठिन भौगोलिक स्थानहरूमा पनि ईभी पूर्वाधार विकासमा कम्पनीको महत्वपूर्ण भूमिका पुष्टि गरेको जनाइएको छ।

जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन केवल इन्जिनियरिङ उपलब्धि मात्र नभई, नेपालमा ईभी विकासको सुरुवाती कदम पनि भएको कम्पनीको ठहर छ । अब, यस्तो उच्च स्थानसम्म सीसीएसटु चार्जिङ सुविधा पुगेकाले ईभी प्रयोगकर्ताहरूले सुरक्षित रूपमा यात्रा गर्न र ग्रिनर नेपाल निर्माणमा योगदान दिन सक्नेछन्।

एमएडब्लू वृद्धिले हाल नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा राखिएका सीसीएसटु चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.