काठमाण्डौ । आज आगामी आर्थिक वर्षको अनुमानित बजेट हुँदैछ । संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक बजेटपेस गर्नुहुने कार्यसूची छ ।
अपराह्न ३ बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको छ ।
यसका लागि प्रतिनिधि सभाका सबै सदस्यहरुलाई २ः४५ बजेअघि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधि सभाको बैठक कक्षमा उपस्थित हुन आग्रह गरिएको छ ।
त्यसअघि सभामुखले १ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपश्चात अर्थमन्त्री पौडेलले १ः४५ बजे आव २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् ।