काठमाण्डौ । सरकाररले देशको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेश गर्दै यस्तो बताएका हुन् ।
पौडेलले चालू वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने बताए । यस्तै मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ । । मधेश, कोशी, सुदूरपश्चिमबाहेकका प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने अर्थमन्त्री पौडेलले बताए ।
यस्तै प्रतिव्यक्ति कुल आय १ हजार ५१७ डलर, वित्त घाटा १६ अर्ब १९ करोड, तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।
आज दिउँसो ३ बजे अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संघिय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दैछन् ।