काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटले पूर्वाधारमा लगानी विस्तार गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेको छ ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै आगामी आवको बजेटको प्राथमिकताहरु सार्वजनिक गरेका हुन् ।
बजेटको प्राथमिकता उद्यमशीलता रोजगारी उत्पादन र उत्पादकत्वको अभिबृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता रहेको छ ।
यसका साथै आगामी आवको बजेटको प्राथमिकतामा नागरिकमैत्री सेवा र भ्रष्टाचार नियन्त्रण गर्ने विषय समेत विशेष प्राथमिकतामा रहेको छ ।