काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेटमा भूमि कृषि सामाग्री, बीमा र खरिद सम्झौता र बजारको सदुढीकरण गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गरिने बताएका छन् ।
अर्थमन्त्री पौडेलले संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै बीमाको सेवा उपलब्ध गराई युवालाई कृषिमा आकर्षित गराउने बताएका हुन् ।
कृषि अनुसन्धानलाई मुलुकको मौसम र खेती प्रणाली अनुरुप हुने र कृषकले लाभ लिने गरी नतिजामुखी बनाइने अर्थमन्त्री पौडेलले बताए ।