काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले आगामी आवको बजेट अटोमोबाइलमैत्री भएको जनाएको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२÷०८३ को बजेट अटोमोवाइलमैत्री आएको जनाएको हो ।
नाडाले नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको जनाएको छ । जसलाई मनन गरी सरकारले अटोमोबाइल उद्योगको हित हुनेगरी बजेट ल्याएको नाडाले जनाएको छ ।
‘बजेटले नेपालको अटोमोवाइल क्षेत्रको वर्षौ देखिको माग र आवाजलाई समेटेको छ । यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव हामीले आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौ,’ विज्ञप्तीमा उल्लेख छ ।
नाडाको आवाजलाई सरकारले बजेट मार्फत सम्बोधन गरेकोमा नाडाले नेपाल सरकारप्रति आभार सहित धन्यवाद ज्ञापन गरेको छ ।