काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा एक प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व भएका लगानीकर्ताको संख्या १४ पुगेको छ ।
कम्पनीमा संस्थापकतर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत सेयर हिस्सा छ । संस्थापकतर्फ नेपाली संघसंस्थाहरुको १०.८५ प्रतिशत र नेपाली नागरिकहरुको ५९.१५ प्रतिशत सेयर हिस्सा रहेको छ ।
त्यस्तै साधारण सेयरतर्फको ३० प्रतिशतमा भने १४ लगानीकर्ताको सेयर एक प्रतिशत भन्दा बढी हिस्सा रहेको छ । कम्पनीमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको लगानी रहेको छ ।
बैंकको कुल ४६ लाख ४० हजार कित्ता वा १० प्रतिशत सेयर स्वामित्वमा रहेको छ । गत वर्ष बैंकको कम्पनीमाि १४.२९ प्रतिशत सेयर स्वामित्वमा रहेको थियो ।
त्यस्तै, गौरव अग्रवालको ६.५० प्रतिशत अर्थात् ३० लाख १६ हजार कित्ता, सु्शिल कुमार पन्तको २.९० प्रतिशत अर्थात् १३ लाख ४५ हजार ६०० कित्ता, गौरि राज जोशीको २.५० प्रतिशत अर्थात् ११ लाख ६० हजार कित्ता, डा. प्रकाश चन्द्र लोहनीको २.५० प्रतिशत अर्थात् ११ लाख ६० हजार कित्ता, जनार्दन देव पन्तको २ प्रतिशत अर्थात् ९ लाख २८ हजार कित्ता, पदम कुमार लोहनीको १.६० प्रतिशत अर्थात् ७ लाख ४२ हजार ४ सय कित्ता र सन्दिप खेतानको १.२५ प्रतिशत अर्थात ५ लाख ८१ हजार १६० कित्ता सेयर स्वामित्वमा रहेको छ ।
यसका साथै जुली चाचनको १.२५ प्रतिशत अर्थात ५ लाख ८० हजार कित्ता, रेखा घिमिरेको १.२३ प्रतिशत अर्थात् ५ लाख ६८ हजार कित्ता, जुनी गुरुङ र प्रेम प्रभात गुरुङको एक–एक प्रतिशत दरको ४ लाख ६४ हजार कित्ता, हरिभक्त शर्माको ०.८८ प्रतिशत अर्थात् ४ लाख ६ हजार कित्ता र राधेश्याम अग्रवालको ०.७५ प्रतिशत अर्थात् ३ लाख ४८ हजार कित्ता सेयर स्वामित्वमा रहेको छ ।