मंगलवार, असार १०,२०८२ 01:38:26
  • मंगलवार, असार १०,२०८२ 01:38:26
Global IME Bank Limited

हिमालयन लाइफको १८ औं साधारण सभा आज बस्दै, ८% नगद लाभांश पारित हुने

Hyundai Nepal
हिमालयन लाइफको १८ औं साधारण सभा आज बस्दै, ८% नगद लाभांश पारित हुने
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको १८ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ।  

उक्त सभामा आव २०८०/८१ का लागि प्रस्ताव गरिएको ८ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत)वितरणको प्रस्ताव पारित गरिनेछ  ।  

यस्तै सभामा सञ्चालक समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, कम्पनीको आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र त्यससम्बन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभाले सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकरको आव २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै उक्त आवमा भएको खर्च समेत अनुमोदन गर्नेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.