बुधबार, असार ११,२०८२ 08:30:58
  • बुधबार, असार ११,२०८२ 08:30:58
Global IME Bank Limited

तीस ब्रोकरलाई २० करोड पूँजी पुर्याउन २० दिन बाँकी, समय थप्न ढिलाई गर्दै धितोपत्र बोर्ड

Hyundai Nepal
तीस ब्रोकरलाई २० करोड पूँजी पुर्याउन २० दिन बाँकी, समय थप्न ढिलाई गर्दै धितोपत्र बोर्ड
Nabil Bank Limited

काठमाण्डौ । हाल नेप्सेमा सूचिकृत भएका ९२ वटा ब्रोकरहरु मध्ये अझै ३० वटा ब्रोकरहरुले धितोपत्र बोर्डले तोकेको पूँजी पुर्याउन बाँकी रहेको छ । पछिल्लोपटक पूँजी पुर्याउन बाँकी रहेका ३८ वटा पुराना ब्रोकरहरुमध्ये ८ वटा ब्रोकरहरुले हालैमात्रै तोकिएको पूँजी पुर्याएका छन् ।  

बाँकी रहेका ब्रोकरहरुलाई पूँजी बढाउन दिइएको समय सीमा यही असार मसान्तमा सकिदै छ । तर धितोपत्र बोर्डले हालसम्म समय थप्न भने कुनै पनि प्रक्रिया अघि बढाएको छैन । यसैबीच ब्रोकरहरुले समय थप गर्न माग गरिरहेका छन् । ब्रोकरहरुले समय थप्न माग गरेको र धितोपत्र बोर्ड पनि यसमा सहमत देखिन्छ । तर यस विषयमा भने हालसम्म सामान्य टिप्पणी उठाउने काम पनि भएको छैन । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार समय थप्ने हो भने पनि पहिले कानून बिभागबाट टिप्पणी उठ्नुपर्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यसपछि अर्थ मन्त्रालयस्थित कानून विभागले स्वीकृती गरे पछि मन्त्रीस्तरिय निर्णयबाट समयावधि थप हुन सक्छ । यी सबै काम हुन पनि २÷३ साता समय लाग्न सक्छ । अब यी सबै काम हुन २० दिन मात्रै बाँकी रहेको छ । यदि समय थप नभए ३० वटा  ब्रोकहरुलाई धितोपत्र ऐन अनुसार कारबाही गर्नुपर्ने हन्छ । अहिलेसम्म ब्रोकरहरु समय थप हुने आशामा रहेका छन् । तर समय थप्ने विषयमा भने केही पनि काम भएको छैन । यसैबीच स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकाल विदेशमा रहेको एक ब्रोकरले गुनासो गरे ।  

धितोपत्र दलाल व्यबसायीहरुले धितोपत्र बोर्डले तोकेको २० करोडको चूक्तापूँजी पुर्याउनु पर्ने हुन्छ । सेबोनले २०७९ साल भदौमा सबै ब्रोकरहरुलाई न्यूनतम २० करोड पूँजी पुर्याउन भनेको थियो । तर ब्रोकरहरुले भने मर्जरको बिकल्प समेत माग गरेर समय थप गर्न माग गरेका थिए । हाल ब्रोकरहरुले धितोपत्र बोर्डले समयमा नै मर्जरको निर्देशिका नल्याएका कारण आफूहरुले समयमै मर्जरको प्रक्रिया टुङ्ग्याउन नसक्ने बताउँदै आएका छन् ।  

हाल धितोपत्र बोर्डले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरहरुको हकमा ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड पूँजी तोकेको छ । जसअन्तगर्त अब पुराना ३० वटा ब्रोकरले सीमित कार्य गर्नको लागि मात्रै धितोपत्र बोर्डले तोकेको २० करोड चुक्तापूँजी पुर्याउन बाँकी छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.