बुधबार, असार १८,२०८२ 12:50:08
  • बुधबार, असार १८,२०८२ 12:50:08
Global IME Bank Limited

यातायात व्यवस्था विभागका महानिर्देशकसँग अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल

Hyundai Nepal
यातायात व्यवस्था विभागका महानिर्देशकसँग अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
Nabil Bank Limited

काठमाण्डौ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा असार १७ गते गएको एक प्रतिनिधी मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञाशा राख्दै यस सम्बन्धमा सो विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गरे ।

यसै क्रममा अध्यक्ष चौधरीले उक्त प्रस्तावित निर्देशिकामा भएका बुँदाहरुबारे नाडा र विभागबीच विस्तृत छलफल गरी अघि बढनु पर्ने धारणा राखे ।

उक्त छलफलमा उपस्थित भएका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले उक्त प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाहरुको विषयमा थप छलफल गरिनु पर्ने आवश्यकता रहेको बताउदै उल्लेखित बुँदाहरुका सम्बन्धमा सिलसिलेवार छलफल गरी सो निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनु पर्ने आवश्यकता रहेको बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसै क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरुलाई दण्डित गर्नु पर्ने र सही कार्य गर्नेहरुलाई पुरस्कृत गर्नु पर्ने धारणा राखे । यसै क्रममा महासचिव उपे्रतीले नेपाल मै ब्याट्री उद्योगहरुको स्थापना भइसकेको जानकारी दिए ।

सो भेटघाट तथा छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले सो प्रस्तावित निर्देशिका तयार पार्न सयुक्त राष्ट्र र युरोपेली युनियनले के कस्तो व्यवस्था गरेको छ भन्ने बारेमा समेत अध्ययन गरिएको बताए । छलफलको अन्तमा महानिर्देशक पोखरेलले यस विषयमा नाडा जस्तो मुख्य सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताउदै नेपालमा अहिलेसम्म सवारी साधन आयातसम्बन्धी कुनै स्पष्ट नियम नभएकाले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भईरहेको बताए । सोही क्रममा महानिर्देशक पोखरेलले यस विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्ने बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.