काठमाण्डौ । प्राइभेट इक्विटी भेञ्चर क्यापिटलमा बैंकहरुकै सहायक कम्पनीहरुको आकर्षण देखिएको छ । हालसम्म धितोपत्र बोर्डमा १३ वटा कम्पनीहरुले प्राइभेट इक्विटी भेञ्चर क्यापिटलको लाइसेन्स पाईसकेका छन् ।
यसमा अधिकांश बैंकका सहायक कम्पनीहरुकै आवेदन बढी रहेको छ । धितोपत्र बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले दिएको जानकारी अनुसार थप ३५ वटा कम्पनीहरुले पिईभीसीको लाइसेन्स आवेदन दिएका छन् । प्राइभेट इक्विटी भेञ्चर क्यापिटल भनेको स्टार्ट अप कम्पनीहरुलाई फाइनान्सिङ तथा सञ्चालनको आइडिया दिने उद्देश्यले स्थापना भएका हुन्छन् ।
यद्यपी नेपालमा भने धितोपत्र बोर्डले यी कम्पनीहरुलाई आईपीओ ल्याउन सहज गरिदिए पछि बैंकका सहायक कम्पनीहरुले नै लाइसेन्स लिन थालेको स्रोतले दाबी गर्यो । तर साना तथा मझौला कम्पनीको प्राथमिक निष्कासनका लागि भने हालसम्म पनि कुनै आवेदन परेको छैन ।