आईतवार, जेष्ठ ३,२०८३ 03:42:19
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:42:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बिट्क्वाइनको मूल्य पहिलोपटक ७१ हजार डलर भन्दा बढी, बजार पूँजीकरण १.३९९ ट्रिलियन डलर

Laxmi Sunrise Bank Limited
बिट्क्वाइनको मूल्य पहिलोपटक ७१ हजार डलर भन्दा बढी, बजार पूँजीकरण १.३९९ ट्रिलियन डलर
Shivam Cement

काठमाण्डौ । विश्वको सबैभन्दा पुरानो तथा सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलो पटक ७१ हजार डलरभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा बिटक्वाइनको मूल्यमा व्यापक वृद्धि देखिएको हो । कारोबारको क्रममा यसको मूल्य ७१ हजार डलरभन्दा बढी पुगेको छ ।  

Bizshala
New Office
CG Motors

यस वर्ष मात्रै बिट्क्वाइनको मूल्यमा ७० प्रतिशतको उछाल आईसकेको छ । हालै बिट्क्वाइन एटीएफ खुलेसँगै र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्ने आँकलनले बिट्क्वाइनको मूल्यमा व्यापक वृद्धि भएको छ ।  

अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेञ्ज कमीशनले गत जनवरी ११ मा स्पट बिट्क्वाइन ईटीएफलाई अनुमति दिएको थियो ।  

एक मार्च समाप्त भएसँगै अमेरिकाको सबैभन्दा ठूलो स्पट बिट्क्वाइन फण्डमा इन्फ्लो २.२ अबए डलर पुगेको छ । जानकारहरुले बिट्क्वाइनको मूल्य ७६ हजार डलरसम्म पुग्ने अनुमान गरेका छन् ।  

यससँगै ग्लोबल क्रिप्टोकरेन्सीको बजार पूँजीकरण २.६८ ट्रिलियन डलर पुगेको छ । बिट्क्वाइनको मात्रै बजार पूँजीकरण भने १.३९९ ट्रिलियन डलर पुगेको छ । क्वाइन मार्केटक्यापका अनुसार ग्लोबल क्रिप्टोकरेन्सी बजारमा बिट्क्वाइनको हिस्सा ५२.१७ प्रतिशत रहेको छ ।    

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.