सोमबार, जेष्ठ ४,२०८३ 05:18:36
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 05:18:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दश वर्षसम्म उस्तै रिटर्न आउने लगानीउपकरणको खोजीमा हुनुहुन्छ ?यो हुनसक्छ तपाईको विकल्प

Laxmi Sunrise Bank Limited
दश वर्षसम्म उस्तै रिटर्न आउने लगानीउपकरणको खोजीमा हुनुहुन्छ ?यो हुनसक्छ तपाईको विकल्प
Shivam Cement

काठमाण्डौ । नेपाल एसबीआई बैंकले २०८२ असार ३० गतेदेखि १० वर्ष अवधिको ऋणपत्रको बिक्री खुलाउने भएको छ ।  

बैंकले वार्षिक ७ प्रतिशत ब्याज पाउने '७% नेपाल एसबीआई बैंक ऋणपत्र-२०९०' का इकाईहरुको बिक्री सर्वसाधारणका लागि खुलाउन लागेको हो । 

Bizshala
New Office
CG Motors

असार ३० गतेदेखि ऋणपत्रका युनिट खरीदका लागि आवेदन खुल्ने र छिटोमा साउन १ गतेसम्म र ढिलोमा साउन १२ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।  

बैंकले प्रति ऋणपत्र रु. १००० अंकित मूल्यका ३० लाख कित्ताले हुन आउने रु.३ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब ८० करोड ऋण पूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्ने तथा ४० प्रतिशत अर्थात १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब २० करोड ऋण पूँजी रकम(सोमध्ये ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि छुट्याइएको) सर्वसाधारण नेपालीका लागि सार्वजनिक निश्कासनबाट बिक्री गर्न लागेको हो ।

Garima Development Bank
Shivam Cement
IME remit

इच्छुकले न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले काम गरिरहेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.