काठमाण्डौ । महालक्ष्मी विकास बैंकले केन्द्रीय कार्यालयका लागि घर÷जग्गा शिलबन्दी प्रस्ताव माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै इच्छुक व्यक्ति तथा संस्थाबाट निश्चित शर्त बन्देजहरुको अधिनमा रहि बिक्री प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
चक्रपथसँग जोडिएको वा चक्रपथ भित्रको घर वा जग्गा (महाराजगंज, बालुवाटार, लाजिम्पाट, नक्साल, कमलपोखरी, विशालनगर, अनामनगर, दरबारमार्ग, कान्तिपथ, पुतलीसडक, कमलादी, नागपोखरी, गैहिधारा, ज्ञानेश्वर, नयाँबानेश्वर क्षेत्र) लाई बिशेष प्राथमिकता दिईने बैंकले जनाएको छ । यस्तै चक्रपथसंग जोडिएको वा चक्रपथ भित्र २ रोपनी देखि ४ रोपनी सम्म भएको हुनु पर्नेछ । घर कम्तिमा ३० हजार वर्ग फिट क्षेत्रफल रहेको र पर्याप्त पार्किङ्ग सुविधा भएको हुनु पर्नेछ ।
शिलबन्दी प्रस्ताव पेश गर्ने अन्तिम मिति साउन ५ गते निर्धारण गरिएको छ । शिलबन्दी प्रस्ताव साउन ६ गते दिनको ३ बजे खोलिने छ ।
