शुक्रबार, श्रावण २,२०८२ 04:17:44
  • शुक्रबार, श्रावण २,२०८२ 04:17:44
Global IME Bank Limited

हिमालयन लाइफले व्यवसायिक प्रयोजनका लागि खरिद गर्यो रु.७५.८१ करोडको जग्गा

Hyundai Nepal
हिमालयन लाइफले व्यवसायिक प्रयोजनका लागि खरिद गर्यो रु.७५.८१ करोडको जग्गा
Shivam Cement

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड रुपैयाँबढीको जग्गा खरिद गरेको छ । कम्पनीले व्यवसायिक प्रयोजनका लागि कुल ७५ करोड ८१ लाख ६० हजार रुपैयाँबराबरको जग्गा खरिद गरेको हो ।  

कम्पनीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृती लिई कम्पनीको व्यवसायिक प्रयोजनका लागि विभिन्न तीनजना जग्गाधनीबाट जग्गा खरिद गरेको जनाएको छ । 

Muktinath Bikas Bank Limited

जसमध्ये काठमाण्डौ महानगरपालिका– ६ चावहिलमा अवस्थित किसनलाल श्रेष्ठ र धुर्ब कुमारी श्रेष्ठको नाममा रहेको कित्ता नं १० को क्षेत्रफल १६२.२० वर्ग मिटर र कित्ता नं १९१ को क्षेत्रफल २,१२६ वर्ग मिटर, सुन्दर कुमार श्रेष्ठको नाममा रहेको कित्ता नं ३१० को क्षेत्रफल १७२.८६ वर्ग मिटर र किसनलाल श्रेष्ठको नाममा रहेको कित्ता नं ३११ को क्षेत्रफल १,२२७१४ वर्ग मिटर गरी कुल ३६८८.२० वर्ग मिटर जग्गा खरिद गरेको छ ।  

यी जग्गाको मूल्य ७२ करोड र रजिष्ट्रेशन शुल्क ३ करोड ८१ लाख ६० हजार गरी जम्मा ७५ करोड ८१ लाख ६० हजारमा असार ३० गते खरिद गरिएको कम्पनीले जानकारी दिएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.