सोमबार, जेष्ठ ४,२०८३ 03:53:17
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:53:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष अब नागरिक लगानी कोषमार्फत सञ्चालन हुने

Laxmi Sunrise Bank Limited
सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष अब नागरिक लगानी कोषमार्फत सञ्चालन हुने
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र नागरिक लगानी कोषबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गरेका छन्।

Bizshala
New Office
CG Motors

सम्झौतापछि सिद्धार्थ बैंकले हालसम्म आफैं सञ्चालन गर्दै आएको योगदानमा आधारित र गैर-योगदानमा आधारित उपदान तथा अन्य अवकाशसम्बन्धी खाताहरू अब नागरिक लगानी कोषमा हस्तान्तरण हुनेछन्। यसबाट बैंकमा कार्यरत करिब २ हजार कर्मचारीहरूको उपदान तथा अवकाशसम्बन्धी रकमको व्यवस्थापन अब कोषले गर्नेछ।

Garima Development Bank
Shivam Cement
IME remit

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक ऐन मार्फत अवकाश कोष सम्बन्धी व्यवस्था संशोधन गरेको थियो। नेपाल सरकारले आन्तरिक राजस्व विभागबाट पूर्वस्वीकृत अवकाश कोषहरू अब नागरिक लगानी कोष लगायत अन्य अनुमोदित कोषहरूमा अनिवार्य रूपमा आवद्ध हुनुपर्ने व्यवस्था गरेअनुसार यो सम्झौता भएको हो।

गत असार ३१ गते आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै आयकर ऐन, २०५८ अनुसारका पूर्वस्वीकृत अवकाश कोषहरूलाई २०७८ असार मसान्तभित्र अनिवार्य रूपमा नागरिक लगानी कोषजस्ता निकायहरूमा आवद्ध हुनुपर्ने जानकारी दिएको थियो।

यो कदमले संस्थागत रुपमा अवकाश कोष व्यवस्थापनलाई अझ पारदर्शी, सुरक्षित र दिगो बनाउने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.