• सोमबार, श्रावण २६,२०८२ 05:56:16
Global IME Bank Limited

एभरेष्ट बैंकको नाफामा ३२.८०% को छलाङ, लाभांश क्षमता बढेर ३८.२७% कायम

Hyundai Nepal
एभरेष्ट बैंकको नाफामा ३२.८०% को छलाङ, लाभांश क्षमता बढेर ३८.२७% कायम
Shivam Cement

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्षको २०८१ ८२ को चौथो त्रैमाससम्ममा ४ अर्ब ९५ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गर्दै ३८.२७ प्रतिशत बराबरको लाभांश क्षमता बनाएको छ ।  

बैंकले प्रमुख वित्तीय सूचकहरुमा आमूल सुधार गर्दै गत वर्षको यही अवधिमा रहेको २८.०६ प्रतिशतको लाभांश क्षमतालाई २६.६७ प्रतिशतले बढाउने सफलता प्राप्त गरेको हो ।  

समीक्षा अवधिमा १२ अर्ब ९४ करोड चुक्तापूँजी भएको बैंकले खूद नाफा पनि बढाएर ४ अर्ब ९१ करोड माथि पुर्याएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ अर्ब ७० करोडको तुलनामा ३२.८० प्रतिशतको बढोत्तरी हो । 

Shivam Cement
Muktinath Bikas Bank Limited

नाफामा सुधार भएसँगै अघिल्लो वर्ष ३१.४७ रुपैयाँमा सीमित प्रतिसेयर आम्दानी ३७.९९ रुपैयाँ पुगेको छ ।  

एभरेष्ट बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ५ अर्ब ६६ करोड रुपैयाँमा सीमित सञ्चालन मुनाफा बढेर ७ अर्ब ४५ करोड माथि पुगेको छ भने ७ अर्ब ६४ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ९ अर्ब १२ करोड बढी पुगेको छ ।  

बैंकले विषम परिस्थितिमा समेत निस्क्रिय कर्जा घटाउने सफलता प्राप्त गरेको छ । जसअनुसार अघिल्लो वर्ष ०.७१ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात घटेर ०.३८ प्रतिशतमा सीमित बन्न पुगेको छ ।  

अघिल्लो वर्ष यही अवधिमा १३.९३ प्रतिशतमा सीमित रिटर्न अन इक्वीटी(आरओई) बढेर यो वर्ष १६.४४ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ रु. २३६.२८ बाट बढेर रु.२४७.३९ रुपैयाँको उचाईमा पुगेको छ । 

समीक्षा अवधिसम्म बैंकको कुल निक्षेप २ खर्ब ९८ अर्ब ८१ करोड तथा कुल कर्जा प्रवाह २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको निक्षेप २ खर्ब ३२ अर्ब ३१ करोड तथा कुल कर्जा १ खर्ब ७८ अर्ब २१ करोडमा सीमित रहेको थियो ।  

बैंकको कस्ट अफ फण्ड अघिल्लो वर्षको ५.६४ प्रतिशतबाट घटेर ३.८७ प्रतिशतमा सीमित बनेको छ भने आधार दर ८.१३ बाट घटेर ५.२७ प्रतिशतमा आइपुगेको छ ।

समीक्षा अवधिमा एभरेष्ट बैंकको तरलता अनुपात ३८.९४ प्रतिशत,  सम्पत्तिमा प्रतिफल १.४९ प्रतिशत तथा पीई अनुपात १८.४७ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.