मंगलवार, जेष्ठ ५,२०८३ 01:13:17
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:13:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीवाईडीको समर्थनमा एमक्यूबद्वारा प्रस्तुत ‘काठमाण्डौ क्रोनिकल्स’ सम्पन्न

Laxmi Sunrise Bank Limited
बीवाईडीको समर्थनमा एमक्यूबद्वारा प्रस्तुत ‘काठमाण्डौ क्रोनिकल्स’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । एमक्यूबले बीवाईडीसँगको साझेदारीमा आयोजना गरेको ‘काठमाण्डौ क्रोनिकल्स’ कार्यक्रम नक्सालस्थित मेरिएट काठमाण्डौमा सम्पन्न भएको छ। कार्यक्रम संस्कृति, सहकार्य र अन्वेषणको जीवन्त उत्सवसँगै समापन गरिएको थियो। 

एमक्यूब नेपालको मौलिक कार्यक्रमका रूपमा मेरिएट काठमाण्डौमा सम्पन्न भएको यस पहलले सम्मेलन हल बाहिर गएर नेपालकै जीवन्त सम्पदामाझ सम्बन्ध र साझेदारीको अवधारणालाई विस्तार गर्न सफल भयो। यो कार्यक्रम मेरिएटको MICE (Meetings, Incentives, Conferences, and Exhibitions) ग्राहकहरूको लागि विशेष डिजाइन गरिएको थियो। सहरलाई जीवन्त बनाउन सफल यस कार्यक्रममा MICE उद्योगका सहभागीहरूले नेपालको सम्पदा र एडभेन्चरको अद्वितीय मेलको अनुभव गरेका थिए।

एमक्यूब नेपालले यस वर्ष परम्परागत बैठकको सीमालाई तोड्दै सहभागीहरूलाई सहरकै बीचमा राखेर कार्यक्रम सञ्चालन गर्‍यो। ‘काठमाण्डौ क्रोनिकल्स’ मूलतः ट्रेजर हन्टको शैलीमा तयार गरिएको थियो, जसले साइटसिइंग गर्ने, स्थानीय संस्कृति बुझ्ने र टिम मिलेर गतिविधिहरू गर्ने अवसर एकसाथ प्रदान गर्‍यो। सहभागीहरू बीवाईडी कारमार्फत नक्सालस्थित मेरिएटबाट प्रस्थान गरी काठमाण्डौ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ लगायतका सम्पदास्थलहरूमा पुगेका थिए।

Bizshala
New Office
CG Motors

हरेक सम्पदास्थलमा टोलीहरूले रिडलहरू हल गर्ने, कल्चरल च्यालेन्जहरू पूरा गर्ने र शहरको इतिहासका लुकेका कथाहरूलाई जीवन्त तरिकाले अनुभव गर्ने अवसर पाएका थिए। यात्राको प्रत्येक चरणले रमाइलो, साहसिक अनुभव र काठमाण्डौको ऐतिहासिक सम्पदाको अनौठो अनुभूति प्रदान गर्यो। यस क्रममा कार्यक्रमले नेपाल केवल बैठक भेन्यु मात्र नभई व्यापार, संस्कृति र अनुभवहरू एकैसाथ पाउन सकिने गन्तव्य हो भन्ने सन्देश पनि दिएको थियो।

यस एडभेन्चर सहितको कार्यक्रमको समापन फेयरफिल्ड बाइ मेरिएट काठमाण्डौमा भव्य उत्सव र सम्मान समारोहसँगै भएको थियो। विजेता टोलीलाई ‘काठमाण्डौ एक्सपर्ट्स’को उपाधि प्रदान गरिएको थियो।

कार्यक्रमबारे बोल्दै मेरिएट इन्टरनेशनलका उत्तर भारत, नेपाल र भुटानका लागि मार्केट भाइस प्रेसिडेन्ट अरुण कुमारले भने,“काठमाण्डौ क्रोनिकल्सले यस शहरको सम्पदा र संस्कृतिलाई सामान्य बैठकभन्दा पनि बेग्लै अनुभवका रूपमा उत्कृष्ट ढंगले प्रस्तुत गर्‍यो। वास्तविक हस्पिटालिटी भनेको अर्थपूर्ण अनुभव सिर्जना गर्नु हो भन्नेमा मेरिएट विश्वास गर्दछ, र यो कार्यक्रमले एमक्यूब तथा बीवाईडीसँग मिलेर व्यापार र अन्वेषण दुवैका लागि नेपाल विशेष गन्तव्य हो भन्ने स्पष्ट पारेको छ।”

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.