आईतवार, जेष्ठ ३,२०८३ 11:01:43
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 11:01:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एमजीको विन्डसर इभीमा ५ समस्या: गाडीभित्र बस्दा थोत्रो ट्याक्टरको जस्तो अनुभव, रेञ्ज एञ्जाइटी उस्तै

Laxmi Sunrise Bank Limited
एमजीको विन्डसर इभीमा ५ समस्या: गाडीभित्र बस्दा थोत्रो ट्याक्टरको जस्तो अनुभव, रेञ्ज एञ्जाइटी उस्तै
Shivam Cement

काठमाण्डौ । एमजी मोटर्सको नयाँ इलेक्ट्रिक कार विन्डसर ईभी बजारमा आएको केही समयमै यसबारे मिश्रित प्रतिक्रिया सार्वजनिक भएका छन्। सकारात्मक पक्षसँगै प्रयोगकर्ताहरू र समीक्षकहरूले केही महत्वपूर्ण कमजोरीहरू पनि औंल्याएका छन्।

Bizshala
New Office
CG Motors

१. टचस्क्रिनमा अत्यधिक निर्भरता

गाडीका अधिकांश नियन्त्रणहरू: जस्तै साइड मिरर मिलाउने, हेडलाइट सेटिङ र ड्राइभ मोड परिवर्तन, सबै टचस्क्रिनमार्फत गर्नुपर्ने हुन्छ। फिजिकल बटनको अभावका कारण चालकलाई सानो सेटिङका लागि पनि मेनुमा जानुपर्ने बाध्यता हुन्छ, जसले गाडी कुदाइरहेको समयमा ध्यान विचलित गर्ने खतरा बढाउँछ।

२. क्याबिन इन्सुलेशन कमजोर र चिस्याउने प्रणाली ढिलो

कारको भित्री भागमा सडकको आवाज धेरै सुनिन्छ र एयरकन्डिसनिङले गाडी छिट्टै चिस्याउन सक्दैन। ठूलो सनरुफ र डिजाईनका कारण भित्र गर्मी बढी रहन्छ, जसले लामो यात्रामा असहजता थप्छ।

३. पछाडिको सस्पेन्सनमा समस्या

फ्रन्ट सिटमा यात्रा सहज भए पनि पछाडिको सिटमा सस्पेन्सनको कारण अस्थिरता महसुस हुन्छ। असमतल सडकमा गाडी धेरै हल्लिने गुनासो प्रयोगकर्ताले गरेका छन्।

४. डिजाइन सबैलाई मन नपर्ने सम्भावना

विन्डसर ईभीको बडी स्टाइल एमपीभी र ह्याचब्याकको मिश्रणजस्तो देखिने भएकाले सबैलाई यसको डिजाइन मन पर्नैपर्छ भन्ने छैन। यसलाई ‘अनौठो तर आधुनिक’ भनिए पनि, यो सबैको रोजाइ बन्न सकेको छैन।

Garima Development Bank
Shivam Cement
IME remit

५. दाबी गरिएको रेन्ज र वास्तविक रेन्जमा अन्तर

कम्पनीले उच्च रेन्जको दाबी गरे पनि धेरै प्रयोगकर्ताले वास्तविक परिस्थितिमा करिब २४० किलोमिटर जति मात्रै पाएका छन्। कम्पनीले ३३२ किलोमिटर रेञ्जको दाबी पेश गरे पनि यथार्थमा त्यस्तो नभएको प्रयोगकर्ता बताउँछन् ।  केही प्रयोगकर्ताले त १००% चार्जपछि ५० किलोमिटर मात्र चलाउँदा पनि ब्याट्री ६३% पुगेको बताएका छन् । 

६.आयातकर्ताको बिग्रिएको ट्रयाक  रेकर्ड

एमजी गाडीका लागि नेपालको आधिकारिक बिक्रेता पारामाउण्ट मोटर्स प्रालिको ट्रयाक  रेकर्ड विवादास्पद छ । रेनल्ट लगायतका गाडीका ब्राण्डहरु आयात गरी व्यापार गर्दा यो कम्पनी पैसामुखी मात्र भई बिक्रीपछिको सेवामा ध्यान नदिएको, ग्राहकले तिरेको मूल्यको सम्मान नगरेको र रेनल्ट बन्द हुन लाग्दा समेत त्यसको स्पष्ट जानकारी नदिई दर्जनौंलाई डूबाएको गम्भीर आरोप लाग्दै आएको छ ।रेनल्ट ब्राण्डका गाडीका लागि नेपालको आधिकारिक बिक्रेता एड्भान्स मोटर्स रहे पनि त्यसमा मुरारका समूहले समेत व्यापार साझेदारी गरेको थियो । एमजी गाडीको आधिकारिक डिलरसीप अहिले त्यही मुरारका समूहले चलाइरहेको छ । पारामाउण्ट मोटर्स मुरारका समूहकै कम्पनी हो ।  

एमजीकै बिक्रीपछिको सेवा समेत अरु इभी कम्पनीको तुलनामा पारामाउण्टले राम्रो गर्न नसकेको प्रयोगकर्ताहरुले गुनासो गर्ने गरेका छन् । बेला बेलामा प्रयोगकर्ताबाट आउने गुनासा तथा गाडीमा देखिएका समस्याहरुको सम्बोधनको विषयमा समेत यो कम्पनी निकै उदासीन र बेमतलबी रहेको प्रयोगकर्ता दाबी गर्छन् । 

यसअघि प्रकाशित समाचारहरु :

-MG4 EV को मूल्यमा यो हदसम्मको छलछाम ! सरकारले कालोबजारी ऐन कमजोर बनाउँदा व्यापारीको मनपरी

-MGS5 EV मा ब्रेक फेल निम्त्याउने कमजोरी रहेको खुलासा: दुर्घटना भइहाल्दा एयरब्याग खुल्दैन, बिएमएसमै पनि गम्भीर समस्या

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

-रेनल्ट गाडीका अधिकांश सोरुम बन्दः ग्राहक ठगी गर्न एड्भान्स मोटर्सको यो हदसम्मको बदमासी !

Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.