काठमाण्डौ । नयाँ बानेश्वरस्थित संसद् भवन वरिपरि जेन-जी समूहको आन्दोलन चर्किँदै गएपछि सोमबारका लागि तय गरिएको राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ।
दिउँसो सवा १ बजे बस्ने तय भएको बैठक आकस्मिक रुपमा स्थगित गरिएको हो।
राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्यालका अनुसार बैठक अब बुधबार दिउँसो सवा १ बजे पुनः बस्नेछ।